|
अष्ट्रेलियामा नेपाल महोत्सव
|
|
09-03-2010, 11:19 AM
Post: #1
|
|||
|
|||
|
अष्ट्रेलियामा नेपाल महोत्सव
नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण महोत्सव मनाउने क्रममा अष्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलवर्न र ब्रिसवेनमा नेपाल फेष्टिबल हुने भएको छ।
गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलिया, नेपाली दूतावास क्यानवेरा, कन्सुलेट कार्यालय तथा स्थानीय सामुदायिक संस्थाहरुको आयोजनामा सेप्टेम्बर ४ शनिबार सिड्नीस्थित डार्लिङ हारवरबाट नेपाल फेष्टिबल सुरु हुँदैछ। यसैगरी सेप्टेम्बर ११ शनिबारका दिन ब्रिसवेन र नोभेम्बर २० का दिन मेलवर्नमा नेपाल फेष्टिबल हुने एन.आर.एन अष्ट्रेलियाले जनाएको छ। यो शनिबार सेप्टेम्बर ४ मा हुन लागेको नेपाल फेष्टिबललाई करिब ३० हजार नेपालीले अवलोकन गर्ने अनुमान गरिएको छ। एन.आर.एन अष्ट्रेलियाका अध्यक्ष ध्रुव सुवेदी भन्छन्- सन् २००८ मा आयोजित नेपाल फेष्टिबलमा भएको उपस्थितिलाई हेर्दा यो पटक ३० हजार सहभागी हुने अपेक्षा गरेका छौं। नेपाल फेष्टिबल अष्ट्रेलियामा हुने नेपालीहरुको सबैभन्दा ठूलो महोत्सव हो। सन् २००६ देखि आयोजना सुरु गरिएको यो महोत्सव प्रत्येक २–२ वर्षमा हुँदै आएको छ। नेपाल पर्यटन वर्ष २०११ को प्रवर्द्धन गर्नु तथा अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचार बढाउनु पनि महोत्सवको उद्देश्य रहेको छ। अध्ययन र रोजगारीले व्यस्त नेपालीलाई ठूलो सङ्ख्यामा एकैसाथ भेला गराउने यो महोत्सवको मुख्य आकर्षण नेपालको प्रसिद्ध साङ्गीतिक समूह १९७४ ए.डी. को प्रस्तुति रहनेछ। उक्त साङ्गीतिक समूहले शनिबार साँझ ६ बजेदेखि राति नौ बजेसम्म हजारौं नेपालीलाई आफ्नो गित सङ्गीतको तालमा नचाउने छन्। यसैगरी सेप्टेम्बर ११ शनिबारका दिन ब्रिसवेनमा हुने नेपाल फेष्टिबलमा पनि सो समूहको प्रस्तुति रहनेछ। एन.आर.एन अष्ट्रेलियाका सचिव विष्णु हमालका अनुसार महोत्सव स्थल तोमलोङ पार्कमा १५ वटा खाद्य स्टल राखिनेछन्। त्यसैगरि सँगैको चाइनिज गाडर्नेनमा समेत गरेर थप ३५ वटा स्टलमा नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिनेछ। महोत्सवमा सिड्नीमा रहेका एक दर्जन जति सामुदायिक संस्था तथा स्थानीय कलाकारले समेत गायन तथा नृत्य प्रस्तुत गर्ने सांस्कृतिक विभाग संयोजक भुमा लिम्बूले बताइन्। २ महिनाअघिदेखि कलाकारहरुले तयारी गरिरहेका लिम्बूको भनाई थियो। महोत्सवलाई अष्ट्रेलियन सरकारका प्रतिनिधिले पनि सम्बोधन गर्नेछन्। प्रमुख अथितिका रुपमा पार्लियामेन्ट सेक्रेटरी, मल्टीकल्चरल अफियर्स तथा सेटलमेन्ट सर्भिसेज लौरी फरगुसन सहभागी हुँदैछन्। यसैगरी स्टेटको विपक्षी नेता व्यारी ओ फरेलको प्रतिनिधिका रुपमा एन्टोनी रोवर्सनले महोत्सवलाई सम्बोधन गर्ने भएका छन्। नेपाल-अष्ट्रेलिया संसदीय समूहका अध्यक्ष मार्क फर्नेर र अष्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकाल पनि कार्यक्रममा अतिथिका रुपमा छन्। यसैगरी न्युसाउथ वेल्स कन्सुलर दीपक खड्का भिक्टोरियका कन्सुलर चन्द्र योञ्जनलगायत् अन्य राज्यका कन्सुलरको पनि सहभागिता रहनेछ। बिहान ११ बजे सुरु हुने महोत्सव राति ९ बजेसम्म चल्नेछ। महोत्सवलाई व्यवस्थित गर्न करिब ८० जना स्वयमसेवक परिचालन गरिने भएको छ। सचिव विष्णु हमालका अनुसार एक दर्जन जति निजी सुरक्षा गार्ड तथा अष्ट्रेलियन प्रहरीको सेन्ट्रल कमाण्डको नियमित पेट्रोलिङ महोत्सव अवधिभर रहनेछ। महोत्सवमा प्रवेश निशुल्क गरिनेछ तर एन.आर.एन अष्ट्रेलियाले नेपालका दुर्गम क्षेत्रमा रहेका विद्यलयको पुर्वाधार विकासका लागि सञ्चालन गरेका परियोजनाको सहयोगार्थ गोल्ड क्वाइन सङ्कलन गरिने अर्थ सङ्कलन कार्यक्रम संयोजक गणेश केसीले जानकारी दिए। केसीका अनुसार महोत्सवको प्रमुख प्रवेश मार्गमा स्वयमसेवी भाइबहिनी खटिएका हुन्छन्, उनीहरुलाई एक दुई डलरको सिक्का दान गरेर परियोजनालाई सहयोग गर्न सकिन्छ। महोत्सवस्थलमा मदिरा तथा अन्य लागू औषध प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। महोत्सवस्थलको व्यवस्थापन हेर्दै आएका महेन्द्र ओलीका अनुसार सिड्नी सिटी काउन्सेलको नियमअनुसार डार्लिङ हारवर र आसपासको क्षेत्र अलकोहल फ्रि जोन भएकाले कुनै मदिराजन्य पदार्थ सेवन गर्न मनाही छ। सभार: नागरिकन्युजडटकम |
|||
|
« Next Oldest | Next Newest »
|

Home
Search
Member List
Calendar
Help
Rss




